तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासङ्घ र प्रेस सङ्गठन नेपालले पत्रकार गोविन्दप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आज महासङ्घका महासचिव रमेश विष्ट र सङ्गठनका संयोजक महेश्वर दाहालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शर्माको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको उल्लेख गर्नुभयो ।

कृषि पत्रकारितामा सक्रिय रहेका शर्माको आइतवार सवारी दुर्घटनामा परी निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button