तपाईँ सुन्दै हुनुहुन्छः

आज विश्व वातावरण दिवस !

काठमाडौ-स्वच्छ वायु , स्वच्छ जीवन भन्ने नाराका साथ आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ ।  प्रत्येक वर्ष जुन पाँच लाई संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७४ देखि यो दिवस मनाउन थालिएको हो ।

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीले , विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुदै विकास वातावरणमैत्री हुनुपर्ने बताउनुभएको छ । यसैगरी , वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वातावरण दिवसको सुभकामना सन्देश दिनुहुदै , वातावरण संरक्षण गरी मानव स्वास्थ्य जीवजन्तु , बनस्पती तथा पृथ्वीकै भविष्य सुनिश्चित गर्न ब्यक्तिगत तथा समुहिक रुपमा अझ क्रियाशिल हुन सम्पूर्ण नेपालीलाई अनुरोध गर्नु भएको छ ।

स्वच्छ वातावरण तथा स्वस्थ जीवन उन्नत मानव सभ्यताको उत्कृष्ट प्रतिक भएको भन्दै वातावरण संरक्षणमा जुट्नु सबैको कर्तब्य भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button