तपाईँ सुन्दै हुनुहुन्छः

सबै समुदायको साझा प्रयासमा मात्र देशको आर्थिक विकास सम्भव: दाहाल

काठमाडौँ-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जातजाती र समुदायको साझा प्रयासमा मात्र देशको आर्थिक विकास सम्भव भएको बताउनुभएको छ । मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

दाहालले यो चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको बताउनुभयो । दाहालले देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको बताउनुभयो ।

शुभकामना सन्देशमा उहाँले देश आर्थिक समृद्धिको चरणमा रहेकाले लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button