तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरकैे कटारी अस्पतालमा शल्यक्रिया सहित प्रसूतिसेवा सुरु

उदययपुर-उदयपुर जिल्लाको कटारी नगपालिकाको कटारी अस्पतालमा शल्यक्रिया सहित प्रसूतिसेवा सुरु भएको छ । कटारी नगरपालिकाको पहल अस्पतालको व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।

कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा. पवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा. साह, डा. गौरव शाह नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । सफल शल्यक्रिया पश्चात दनुवारले घरनजिकै सेवा पाउँदा खुसी भएको बताउनुभयो ।

उहाँले पहिलो सन्तान सिरहाको लहानमा शल्यकृया गरेर जन्म दिनुभएको थियो ।अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जानु पर्ने बाध्यता रहेकाले लामो समयको प्रयासपछि शल्यक्रिया सहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएकोे कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button