तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा रोपियो जापानिज नास्पाती र सुन्तलाको बिरुँवा

काठमाण्डौं । विश्व वातावरण दिवसको अवसरमा बुधबार रेडियो नेपाल परिसरमा बृक्षरोपण गरिएको छ । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जापानिज सुन्तलाको विरुवा रोपेर वृक्ष रोपणको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जापानिज नास्पातीको विरुवा रोप्नुभयो ।

वृक्षरोपण कार्यक्रममा रेडियो नेपालका कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button