तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम बुधवारबाट सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले १४९ जनालाई बुधबारदेखि रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि झण्डै दुई हजारले आवेदन बुझाएका थिए ।

प्रक्रिया अनुसार छनोटमा परेका श्रमिकहरुलाई भारतको गलगलिया जोड्ने भद्रपुर–५ स्थित नवनिर्मित मेची पूलको पूर्वतर्फको बाटोमा बाँध निर्माणको काममा लगाएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठले बेल्चा चलाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकले नगरका भित्री कच्ची सडकहरु मर्मत गर्ने, सडकपेटी, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने वृक्षारोपणका कार्यहरु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button