तपाईँ सुन्दै हुनुहुन्छः

युवा वैज्ञानिक सम्मेलन शुरु

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्ने उदेश्यले आजदेखि काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने हुँदा यस क्षेत्रमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले वातावरण संरक्षणमा नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्ष महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका १०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button