तपाईँ सुन्दै हुनुहुन्छः

‘दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्छ’

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित वागेश्वरी मन्दिरमा आज पूजा अर्चना पनि गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button