तपाईँ सुन्दै हुनुहुन्छः

रोग नियन्त्रणमा नआएपछि चैते धान नष्ट गर्ने तरखरमा किसान

चितवन, जेठ २३ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा चैते धानमा मरुवा –(नेक ब्लाष्ट) रोगको प्रकोप नियन्त्रणमा नआएपछि किसानले झुल्न लागेको धान नै नष्ट गर्ने तरखर गरेका छन् ।
विभिन्न औषधि, विषादीको प्रयोगबाट समेत रोग नियन्त्रण नभएपछि बाँध्य भएर धान नष्ट गर्न थालेका हुन । विशेषगरी हर्दिनाथ –१ मा देखिएको यो धानमा रोगको प्रकोप फैलिदा र नियन्त्रण भएपछि अधिकांश किसानले जोतेर र आगो लगाएर नष्ट गर्न लागेको बताएका छन् । अन्य स्थानमा पनि रोगको प्रकोप बढ्ने देखिएका कारण नष्ट गर्न शुरु गरिएको किसानको भनाई छ ।
राप्ती नगरपालिका वडा नम्बर ६ का किसान धर्मराज कंडेल आफूले लगाएको १० कट्ठा क्षेत्रफलको धान रोगले सबै सखाप पारेको बताउनुहुन्छ । ‘के गर्नु यो रोगले सबै धान सखाप पार्यो , यसलाई न नियन्त्रण गर्न सकियो, नत नष्ट गर्ननै सजिलो ।’उहांँले भन्नुभयो । उहांँका अनुसार जोतेर नष्ट गर्दा जोत्न नमिलेको र आगो लगाउन खोज्दा समेत नजलेको कारण झन समस्यामा परेको छ । यो धान ‘कुइएपछि न गाइभैसीले खाइदिन्छ , न नष्ट गर्न सहज छ । उहांँले भन्नुभयो , हामीलाई झन मर्का पर्यो ।’ राप्ती ५ का अर्का किसान बुद्धिराम दराई पनि आफूले २५ कठ्ठामा लगाएको धान रोगले कामनै नलाग्ने भएको बताउनुहुन्छ । ‘न यसको परालनै बिक्री हुन्छ ,,न गेडा काम लाग्छ उहांँले भन्नुभयो, हामीलाई ठूलो क्षति भयो ।’ उहांँका अनुसार उहांँलाई एकलाख भन्दा बढी उत्पादन हुने धानको नोक्सान भएको छ ।
अधिकांश किसानले यो रोगको नियन्त्रण प्रयास असफल भएपछि अर्को बालीका लागि नष्ट गर्ने तरखर गरेका हुन । साताको शुरुमा करीब ४ सय विघामा लगाईएको धानमा यो रोगको प्रकोप फैलिएपनि हाल ९ सय विघामा रोग फैलिएको किसानको अनुमान छ । स्थानीय निकाय, कृषि ज्ञान केन्द्रबाट रोग नियन्त्रणको बारेमा पटक पटक प्रयास, छलफल भएपनि नियन्त्रण गर्न सकिएको छैन । ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठ यो रोग अघिल्ला बर्षहरुमा पनि देखिदै आएको र यसबर्ष झन बढी मात्रमा देखिएको बताउनुहुन्छ । ‘यो रोगको प्रकोप पहिल्यै देखि देखिएको हो , यसबर्ष बढीमात्रमा फैलिएको छ ।’ उहांँले भन्नुभयो । किसानलाई चैते धानमा पटक पटक बीमा गर्न आग्रह गरेपनि कसैले बीमा गर्न नमानेका कारण नोक्सान बेहोर्नु परेको उहांँको भनाई छ । ‘चैते धानको लागि उत्पादन मुल्यमा सरकार ७५ प्रतिशत प्रिमियम दिन्छ, तर किसानले मानेनन ।’उहांँले भन्नुभयो । उहांँका अनुसार रोग प्रकोपको अन्तिम अवस्था भएका कारण नियन्त्रण हुन सकेको छैन् । ‘यो नेक ब्लाष्ट रोग हो , यसले धानको बोटको घांँटीनिर सुकाइदिन्छ, त्यसपछि केही उपाय हुदैन । ’उहांँले भन्नुभयो । ज्ञान केन्द्रले अरु क्षेत्रमा समेत रोग नफैलियोस भनेर किटनाशक औषधी र नियमित प्राविधिकको टोली सहित अनुगमन गरेको जनाएको छ ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल कृषि ज्ञान केन्द्र र नगरपालिका बीच तथ्यांक लिने, रोगको रोकथामका लागि औषधि वितरण र छलफल समेत भएको बताउनुहुन्छ । कृषकले बीमा नगरेका कारण पनि नोक्सान बेहोर्नुपरेको उहांँले बताउनु भयो । कृषकलाई यो जातको धान नलगाउन अनुरोध गर्दा किसानले नमानेको उहांँको भनाई छ । राहतको लागि नगरपालिकाबाट केही व्यवस्थापन गर्न नसकिएपनि प्रदेशको कृषि मन्त्रालयमा राहतको बारे कुरा भइरहेको प्रमुख बरालले जानकारी दिनुभयो । चैते धानको लागि पकड क्षेत्रको रुपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका लगायतका नगरपालिका पर्दछन । राप्ती नगरपालिकाको सो क्षेत्रमा मात्रै १२सय विघा क्षेत्रफलमा यो जातको धान लगाइएको मध्ये ९० प्रतिशत भन्दा बढी नोक्सान भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button