तपाईँ सुन्दै हुनुहुन्छः

हवाहुरीका कारण टीकापुरमा एक जनाको मृत्यू

कैलाली-हिजो साँझ आएको हावाहुरीले कैलालीको टीकापुरमा एक जनाको मृत्यू भएको छ । हावाहरीमा परी टीकापुर नगरपालिका २ राजीपुरका ४७ वर्षिय लाहानु डगौराको मृत्यू भएको छ ।

पर्खाल ढलेर चोट लाग्दा घाइते भएका डगौराको टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगंज लिदै गर्दा बाटोमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

हावाहुरीका कारण विद्युत लाईन नहुदा अधिकांश मोवाइलहरु स्वीच अफ भएकाले कुन ठाउमा कति क्षेति भयो भन्ने सूचना संकलन गर्न अफ्ठ्यारो भएको प्रहरीले जनाएको छ । अर्का गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button