तपाईँ सुन्दै हुनुहुन्छः

तल्लो मोदीखोला जलविद्युत आयोजनामा तालाबन्दी

पर्वत-पर्वतमा परिक्षण उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला जलबिद्युत आयोजनामा कर्मचारी र कार्यरत कामदारले तालाबन्दी गरेका छन् । आयोजनाको काम सकिएपछि कार्यरत कर्मचारीहरुले आफुलाई स्वत ः स्थायी गर्नुपर्ने माग राख्दै आएका छन् । विगत चार दिनदेखी उनीहरुले तालाबन्दी गर्दा बिद्युतगृह, हेडर्वक्स र सुरुङ्ग निर्माणको बाँकी काम रोकिएको हो । आयोजनाले असार पहिलो साता परिक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले जेठ २० देखि काम बन्द गराएपछि निर्माण कार्य प्रभावित भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । यादवले कुनैपनि कर्मचारीलाई स्थायी नगरिएको र बिद्युत उत्पादन थालिएपछि प्रकृया पुरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिनुभयो ।

यादबका अनुसार अहिले परिक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीहरुलाई सहयोगीको रुपमा राखेर काम गराईएको तर स्थायी गरिएको छैन् । कर्मचारीको आन्दोलनका कारण परिक्षण उत्पादन झन ढिलाई भएको आयोजना प्रमुख यादबले बताउनुभयो ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोप लगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button