तपाईँ सुन्दै हुनुहुन्छः

छोरीलाई बलात्कार गर्ने बाबुलाई जेल सजाय

मकवानपुर । जिल्ला अदालत मकवानपुरले नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । साथै, पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीया (नाम परिवर्तित) नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनाता करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो ।
१३ वर्षीया बालिकालाई बाबुले पटकपटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए । पछिल्लो पटक बाबुले २०७५ पुस २२ गते बलात्कार गरेको र उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि अपराध सार्वजनिक भएको थियो । प्रहरीले पुस २३ गते बाबुलाई पक्राउ गरेकोमा जिल्ला अदालत मकवानपुरले माघमा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । बिहिबार बसेको ईजलासले बाबुलाई सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बाबुले यौन दुव्र्यबहार र बलात्कार गर्न थालेको खुल्न आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button