तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल सही सूचना बाहक : सञ्चारमन्त्री बाँस्कोटा

दाङ । रेडियो नेपालको प्रदेश नम्बर–५ को प्रादेशिक प्रसारण शुक्रबारदेखि दाङबाट सुरु भएको छ । सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले शुक्रबार विहान दाङको हेमन्तपुरमा आयोजित एक समारोहमा प्रादेशिक प्रसारणको शुभारम्भ गर्नुभयो । दाङको तुलसीपुर उपमहानगरपालिका हेमन्तपुरमा रहेको रेडियो नेपाल प्रदेश नम्बर पाँचको प्रादेशिक प्रसारणको नयाँ भवनको पनि मन्त्री बास्कोटाले शिलान्यास गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपालले आम जनतालाई सही सूचना दिएर देश विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ।मन्त्री बाँस्कोटाले विभिन्न जातजाती, भाषाभाषी र संस्कृति तथा परम्पराको जगेर्ना गर्दै रेडियो नेपाल आम जनताको रेडियो बन्न सकेको बताउनुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले देश विकासमा जनतासँग दोहोरो सम्वाद गर्ने र जनताका समस्याहरु उठान र समाधानका लागि रेडियो नेपालले पुलको काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरु रेखा शर्मा, सांसद हिराचन्द्र केसी, कोमल ओली, प्रदेश नम्बर ५ का प्रदेश सभा सांसद अमरबहादुर डाँगी लगायतले प्रदेश नम्बर पाँचका आम जनताको आवाजका रुपमा रेडियो नेपालको प्रादेशिक प्रसारणलाई अगाडि बढाउनु पर्ने सुझाव दिनुभएको थियो । रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

रेडियो नेपालले देश संघीयतामा गैसकेपछि आफ्नो प्रसारणलाई पनि प्रादेशिक संरचनामा रुपान्तरण गर्दै प्रसारण सुरु गरेको छ । रेडियो नेपालले आजदेखि ७ वटै प्रदेशबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button