तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय जागरण आवश्यकः गभर्नर नेपाल

स्याङ्जा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विकासको अभियान अघि बढाउन देशभर वित्तीय जागरण आवश्यक भएको बताउनु भएको छ ।

स्याङ्जाको वालिङमा शुरु भएको दुई दिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै गर्भनर नेपालले वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव नहुनेमा जोड दिनु भयो ।

गभर्नर डा. नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने नभै उद्यमशीलता र व्यावसायिकतातिर लगाउनु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले उद्योगीलाई दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताउनु भयो ।

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरल रुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गर्नु भयो ।

एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button