तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

अजय बम । विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३–१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो ।

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेटमा आर्मीले दोस्रो सेटको प्रदर्शनलाई निरन्तरता दिँदै २६–२४ को जित दर्ता गर्यो ।

चौथो सेटमा आर्मीले घरेलु कोर्टमा दर्शकको उल्लेख्य साथलाई जितमा बदल्न सफल भयो । आर्मीले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो ।

यसअघि तीनै संस्करण जितेको आर्मी लगातार चौथो उपाधि जित्ने दाउमा छ ।

त्यसअघि दिनको पहिलो सेमिफाइनलमा विभागिय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको थियो ।

गण्डकीले २५–२३, २१–२५, २५–२३, २९–२७ को जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो । फाइनल खेल सोमबार हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button