तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रमको भ्रमण विकास र दुईपक्षीय व्यापार सुधारमा केन्द्रीत रहने’

केशव ढुंगाना । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीको भोलिदेखि हुने युरोप भ्रमण देशको आर्थिक विकास र दुई पक्षीय व्यापार को अवस्था सुधार गर्न केन्द्रीत रहने बताउनुभएको छ ।

रिपोटर्स क्लबले आज काठमाडौमा गरेको साक्षात्कारमा सल्लाहकार भट्टराईले भ्रमणका क्रममा दीघकालीन महत्वका कुनै सम्झौता हुने सम्भावना नरहेपनि नेपालको आर्थिक विकास र दुई पक्षीय हितमा भ्रमण केन्द्रीत रहने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भ्रमण देशकोे आर्थिक विकासका लागि पुँजी र प्राविधिक सहयोग प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

साक्षात्कारमा बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसेले नेपालबाट विभिन्न देशमा हुने उच्चस्तरीय भ्रमणको एजेन्डा तय गर्दा गैह्र आवासीय नेपाली संग समेत परामर्श गर्नु राम्रो हुने बताउनुभयो ।

परराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले बेलायत लगायतका विकसित देशहरूमा नेपालबाट हुने उच्चस्तरीय भ्रमणले ती देशहरू संग राजनीतिक सम्वन्ध स्थापित गर्न र उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्नेतर्फ ध्यान दिनुपन विचार व्यक्त गनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button