२०७८ साल वैशाख १० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

युवती बलात्कार गर्ने वडा सदस्य जेल चलान

पूर्णप्रसाद न्यौपाने २०७६ जेठ २५ गते १०:५६

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई जेल चलान गरिएको छ । बलात्कारको आरोप लागेका उनलाई शुक्रबार जिल्ला अदालतले पूर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई जिल्ला कारागारमा चलान गरिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पूर्वक्षका लागि चलान गरिएको प्रहरी प्रमुख मल्लको भनाई छ । अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्ने छ ।
वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको ईटाभट्टा कारखानामा कामगर्ने कामदार युवतीलाई कारखानामै चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकि थिईन् । बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्क बिहिन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो ।
श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट उमेद्वार बनेर निर्वाचित वडा सदस्य हुन् ।

सम्बन्धित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

४२ मिनेट अगाडि विश्व अधिकारी