तपाईँ सुन्दै हुनुहुन्छः

रोजगार सेवा केन्द्रमा १२ हजारको निवेदन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रमा १२ हजार जनाले निवेदन दिएका छन् ।

हेटौंडाका १९ वटै वडामा गरी बेरोजगार युवाहरुमध्ये १२ हजार जनाले निवेदन दिएका हुन् । आउँदो असार महिनामा १५० जना युवालाई रोजगारी दिइने तयारी भएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

बेरोजगार युवाहरुलाई असार महिनामा २० दिन बराबरको रोजगारी दिने तयारी भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत हेटौंडामा मेनरोड मर्मत, पाथीभरा मन्दिर विश्रामस्थल निर्माण, प्रतिक्षालय निर्माण, गुम्बाडाँडा फूल बगैचा निर्माण लगायतका काममा लगाइने मेयर महतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button