तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दोहामा

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जानुहुने क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ । दोहाको हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाइ कतारका सरकारी अधिकारीहरुले स्वागत गर्नुभयो ।

प्रधानमन्त्रीको स्वागतका लागि दोहास्थित नेपाली दुतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल सहितका अधिकारीहरु विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य ओली हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन आज विहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्नुहुनेछ ।

जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ र प्रेस सल्लाहकार डा. कुन्दन अर्याल तथा सांसदहरु विमल प्रसाद श्रीवास्तव र विन्दा पाण्डे लगायत हुनुहुन्छ ।

यसैग्रि परराष्ट्र सचिव शङ्करदास बैरागी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु लगायत प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गै¥ह सरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल पनि जेनेभा भ्रमणदलमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button