तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडमा २ करोड ४३ लाखको लागतमा ६० किलोवाट बिद्युत उत्पादन

 अछाम -अछामको साँफेबगर नगरपालिका १२ खप्तडमा निर्माण भएको खप्तड लघुजल विद्युत् आयोजनाको सफल परिक्षण गरीएको छ । २०७० देखि निर्माण शुरु गरिएको ६० किलोवाट क्षमताको बिद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएसंगै सफल परिक्षण गरिएको आयोजना निर्माण उपभोक्ता समितिले जनाएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको १ करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालिन जिल्ला विकास समिती अछामबाट ५ लाख रुपैँया बिनियोजन भई निर्माण भईरहेको आयोजना हालै सम्पन्न भएको निर्माण उपभोक्त समितीका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनुभयो ।

पछिल्लो समय आयोजनालाई पूर्णता दिनकालागि खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को –क) बाट १५ लाख, शुदुर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख बिनियोजन भएको थियो । जम्मा २ करोड ४३ लाख ५ हजार ९ सय २ रुपैयाँ लागतमा लघु जलबिद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको कडायतले बताँउनुभयो ।

लघुजलबिद्युत आयोजनामा विद्युतका पोल, तार र अन्य उपकरण ढुवानी सहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाईएको छ । विद्युत निर्माण भएसंगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र २४४ घरधुरीका २ हजार बढी उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भएको छ । स्थानिय खप्तड खोलाबाट ५० दशमलव ५ मेघावाट बिद्युत उत्पादन गर्ने गरि सुरु भएको लघुजलबिद्युत आयोजनाबाट ६० किलोवाट बिद्युत उत्पादन भएको उपभोक्ता समितिले जनाएको छ ।

सफल परिक्षण गरि सकिएको उक्त विद्युत यहि जेठ २८ गतेबाट सबै उपभोक्तालाई बितरण गरिने र निकट भविष्यमै औपचारिक समारोहको आयोजना गरि उद्घाटन गरिने जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button