तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

दोहा, कतार । युरोपका विभिन्न मुलुकहरुको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि कतारको दोहाबाट स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्री ओलीले भोलि जेनेभामा आयोजना हुने अन्तरराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा आपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा प्रष्ट पार्नुहुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभयो ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र साईड लाइनमा कतिपय नेताहरुसँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ ।
 
स्वीटजरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको यूनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ । 

बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button