तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

तनहुँ । तनहुँको गाँछेपानीमा टिपरले ठक्कर दिँदा एक जना साईकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान ८.४० बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाँछेपानीमा दुर्घटना भएको हो ।
भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साईकल यात्री शुक्लागण्डकी ४ दुलेगौडा बस्ने वर्ष २१ को कमल बिकलाई ठक्कर दिएको हो ।
बिकको उपचारको क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वीराजमार्गमा बिकलाई ठक्कर दिदा उनको ढाड र बाँया हातमा चोट लागेको थियो । तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चातः थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको थियो ।
ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button