२०७६ साल मंसिर २२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् : काङ्ग्रेस नेता सिंह

रेडियो नेपाल २०७६ जेठ २६ गते १५:१७

सुर्खेत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ ।

“काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”

पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र काङ्ग्रेस एक ढिक्का हुुने बताउनुभयो । काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उहाँको भनाइ थियो ।