तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा गुठीसंस्थान विधेयकमा कांग्रेसको विरोध

काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको गुठी संस्थान विधेयकको विरोध गरेको छ ।
प्रमुख प्रतिपक्षी दलले गठी संस्थान विधेयकको विरोध गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले पुरानै विधेयकमा सामान्य संशोधन मात्रै गरेर सरकारले गुठी संस्थान विधेयक ल्याएको जवाफ दिनुुभयो ।
देश संघीयतामा गएको अवस्थामा गुठी संस्थानको पनि भुमिका बदलिने भएकाले प्राधिकरणको परिकल्पना गरिएको भन्दै मन्त्री अर्यालले धर्म, संस्कृति र मौलिकता कायम राख्ने विषय ध्यानमा राखेर विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका सासंसदहरुले बैठक शुरु हुने वित्तिकै उठेर आमनागरिकको अधिकार खोस्नेगरी सरकारले संविधान विरुद्ध काम गरेको भन्दै संसदको काम कारवाहीमा अवरोध गर्नु भएकोथियो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आईतबार माइतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका गुठीसंस्थानका पदाधिकारीहरुलाई प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाउनुभयो ।
उहाँल,े सरकारले ल्याएको गुठी विधेयककले धर्म, संस्कृतिमाथि प्रहार गरेको र गुठीको अस्तित्व नै समाप्त गर्नेगरी विधेयक ल्याएको आरोप लगाउनुभयो ।
प्रमुख सचेतक खाँणले शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिक हक सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो ।
बैठकमा सत्तापक्षीय नेकपाका सांसद पम्फा भुषालले पनि माइतीघर मण्डलमा गुठी संस्थानका पदाधीकारीमाथि सरकारले दमन गरेको विषयमा विरोध गर्नुभयो ।
गुठियारहरुको भावना नबुझी विधेयक ल्याएको भन्दै गुठियारहरुको सुझाव समेटेर विधेयक ल्याउन सरकारसँग माग समेत गर्नुभयो ।
बैठकमा प्रतिपक्षदलका सचेतक पुष्पा भुषालले संसदले सदन सञ्चालन गर्ने कार्यविधि नै पालना नगरेकोे भन्दै प्रश्न उठाउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षदलले महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएको अवस्थामा सभामुख कृष्णबहादुराले सत्तापक्षका सांसदलाई बोल्न दिएर संसदको नियमावली र कार्यविधि विपरित काम गरेको पनि आरोप लगाउनुभयोे ।
प्रतिपक्षीदल नेपाली कांग्रेसले गुठीसंसथान विधेयकको विरोधमा गुठियारहरुले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा माइतीघर मण्डललामा भएको धरपकडको विषयमा गृहमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने बताउँदै बैठक अवरोध गरिरहेपछि
१५ मिनेटका लागि स्थगित भएको बैठक विशेषकारण बस बस्न नसक्ने भन्दै सूचना टाँसेर भोली विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button