तपाईँ सुन्दै हुनुहुन्छः

देशभर प्राविधिक शिक्षा विस्तारको तयारीः मन्त्री पोखरेल

पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा । सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बताउनु भएको छ ।

ओखलढुंगा स्कूल अफ हेल्थ साईन्सको अनुगमन गर्दै मन्त्री पोखरेलले अर्को वर्ष सम्ममा देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गरिने बताउनुभयो ।

सबै नेपालीलाई जीवन उपयोगी शिक्षा दिने योजना अनुरुप एक स्थानीय तह एक प्राविधिक शिक्षालय खोल्ने सरकारको नीति रहेको मन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button