तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक र कानून अन्तरगत विज्ञापनः मन्त्री पण्डित

भुषण पोखरेल । संघिय मामिला तथा सामान्य मन्त्रि लाल वावु पण्डितले लोक सेवा आयोगले सरकार संग सल्लाह गरी संवैधानिक र कानून अन्तरगत रही विज्ञापन खुलाएको बताउनु भएको छ ।

काठमाडौमा आज आयोजित कार्यक्रममा मण्त्रि पण्डितले प्रदेशको मागको आधारमा लोकसेवाले विज्ञापन गरेको भन्दै राज्य व्यवस्था समितिको हालैको निर्णयमा विरोधाभाष रहेको बताउनु भयो ।

मन्त्रि पण्डितले प्रदेशमा लोकसेवा आयोग गठन भइ नसकेको कारण संघिय लोक सेवा आयोगले नै विज्ञापन खोल्नु परेको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा लोकसेवा आयोगका पूर्व सदस्य टिकादत्त निरौलाले कर्मचारी छनौटमा केही सुधार गर्नु परे पनि खारेज गर्न नमिल्ने वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button