तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री लण्डनबाट रेल चढेर आज पेरिस जानुहुँदै

लण्डन। संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ ।

प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्नुहुने कार्यक्रम रहेको हाम्रा विशेष प्रतिनिधि नरेश फुयाँलले जनाएका छन् ।

प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूताबासमा आज शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाईम अर्गनाइजेशनका महासचिव, विश्व उर्जा परिषदका वरिष्ठ अधिकारीहरु, एडिन बर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुहरुले आजै दिउँसो शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले दूताबासमा आयोजना गर्नुहुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button