तपाईँ सुन्दै हुनुहुन्छः

अलैँची विक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी

लमजुङ । लमजुङ जिल्लाका अलैँची, कृषकले अलैँचीको फल बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका हुन् ।

गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची बिक्रीबाट चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो ६०० देखि ८०० सम्म बिक्री भएको थियो ।

यस वर्ष प्रतिकिलो ६०० देखि ७५० सम्ममा अलैँची बिक्री गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले जनाएको छ । यस वर्ष जिल्लामा २० लाख अलैँचीका बिरुवा उत्पादन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button