तपाईँ सुन्दै हुनुहुन्छः

५८ लाखसहित भारतीय नागरिक पक्राउ

ध्रुव अधिकारी, वीरगञ्ज । बारामा एक भारतीय नागरिकलाई स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैयाँसहित आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्लाका वृजकिशोर कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उनलाई ५७ लाख ७९ हजार रुपैयाँसहित बाराको सुवर्ण गाउँपालिका—७ स्थित दशजगा क्षेत्रबाट पक्राउ गरिएको भट्टराईले बताउनुभयो ।

रकम सहित पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आजै सम्पती शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर ल्याइएको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button