तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक सय असी वेरोजगार युवालाई रोजगारी

सल्यान-प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दार्मा गाउँपालिकामा झन्डै दुई सयले रोजगार सृजना भएको छ । दार्मा गाउँपालिकाका १ सय ८० युवाले चालु आर्थिक वर्षको एक महिना रोजगार पाउने भएका छन् ।

बुधबार दार्माको फारुलाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि परिश्रमिकमा आधारित सामुदायिक आयोजनाको उद्घाटन गरिएको छ । पहिलो चरणमा ६ वडाबाट ३० जनाका दरले एक सय ८० जनालाई रोजगारी सृजना गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । एक महिनाका लागि झन्डै २९ लाख बजेट विनियोजन गरिएको उनको भनाई छ ।

६ वटै वडाबाट योजना छनौट भई कार्यन्वयनको चरणमा रहेको रोजगार संयोजक किरण गौतमले बताए । कार्यक्रममा गाउँपालिकाले श्रमिकहरुका लागि आवश्यक औजार समेत प्रदान गरेको छ ।  श्रमिकको ज्याला बापतको रकम वैक खाता मार्फत भुक्तानी गरिने गौतमले बताए । कामका लागि परिश्रमिक सामुदायिक योजनाहरुलाई दिगो एवं उपलब्धिमुलक बनाउन नियमित अनुगमन गरिने बताए ।

यस वर्ष सरकारले २९ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसको न्युनतम ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गरिने गरी योजना सञ्चालन कार्यविधि सरकारले ल्याएको छ । गाउँपालिकाभर ४ हजार ५ सय ७ जनाले बेरोजगार फारम भरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button