तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक समृद्धिको नयाँ युगतिर जानुपर्नेमा जोड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व कायम भईसकेकाले अब आर्थिक समृद्धिको नयाँ युगतिर देशलाई लिएर जानुपर्नेमा जोड दिनुभएको छ ।

सिन्धुपाल्चोकको माङ्खामा आज आयोजित कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले समृद्धिका लागि छिमेकी र अन्तराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर देशलाई नयाँ युगतिर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button