तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा अवैध गाँजा फँडानी

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूलो परिमाणमा अवैध गाँजाको बोट नष्ट गरेको छ । सदरमुकाम तानसेनभित्रै व्यावसायिक गाँजाको खेति भएको सूचनाका आधार डिएसपी कृष्णराज सापकोटाको कमाण्डमा खाटिएको प्रहरी टोलीले गाजाको बोट नष्ट गरेको हो । जिल्लालाई अपराधमुक्त बनाउने अभियान अनुरुप प्रहरीले तानसेन २ बडिज्ञानटोलबाट स्थानीय उमेशवृज जङ्ग राणाको नाममा रहेको जग्गाबाट करिब ५ सय बढी गाजाका बोट फडानी गरेको छ ।

उक्त स्थानमा उम्रेको गाजा व्यवसायिक हो या प्राकृतिक रुपमा आफै उम्रेको हो भन्नेबारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।समाजमा लागु औषधको कारणबाट हुने अपराधलाइ न्युनीकरण गरी शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमलाई स्थानियकै सहभागीतामा सचेतनाका साथसाथै अगाडी बढाएको डिएसपी कृष्णराज सापकोटाले बताउनुभयो ।

समाजमा हुने साना साना कुरालाई ध्यानदिन नसक्दा ठूलो अपराध सिर्जना हुन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाले समुदायकै समन्वय र साझेदारीमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसअघि पनि तानसेनमा प्रहरीले करिब २ हजार गाँजाका बोट नष्ट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button