तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ को प्रदेशसभा बैठक आज, बजेट असार १ गते

मकवानपुर-३ नम्बर प्रदेशको प्रदेश सभा बैठक आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बोलाईएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आजको बैठकमा एउटा विधेयक पेश हुनुका साथै केहि प्रतिवेदन पेश हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आगामि आर्थिक वर्ष २०७६÷०७७ को बजेटका लागि चाहिने कानुन तथा प्रक्रिया पुरागर्ने बताईएको छ । प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेट असार १ गते ल्याउने बताईएको छ छ । असार १ गते बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष ०७६÷०७७ को लागि बजेट प्रस्तुत गर्नुहुने बताईएको छ । बजेट सबै पक्षेत्रलाई समेट्नेगरी ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभएको छ । चालु आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश ३ सरकारले आगामी वर्षका लागि करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरिरहेको बुझिएको छ ।

बजेट निर्माण अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताउनुभयो । हालसम्म औपचारिक तथा अनौपचारिक क्षेत्रसँग छलफल भइसकेको ढुंगेलले बताउनुभयो । आर्थिक वर्ष ०७६÷०७७ को लागि प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने आयमुलक कार्यक्रम ल्याइने, पर्यटन क्षेत्रको विकास गरिने, जैविक विविधता, वातारण सुधार एवम् पोष्टबहादुर बोगटी हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलाई निर्माण गर्ने लगायत अन्य पूर्वाधारलाई समेट्ने खालको बजेट ल्याइने मन्त्री ढुंगेलले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button