तपाईँ सुन्दै हुनुहुन्छः

जेसिबीले अटोरिक्सालाई ठक्कर दियो, तीनको मृत्यु

 कञ्चनपुर-कञ्चनपुरको महेन्द्रनगरमा जेसिबीले अट‍ोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व – पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ८ बनगाउँमा शुक्रबार बिहान गड्डाचौकी तर्फ सवार से १ त ७३३ नम्बरको जेसिबीको ठक्करबाट मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी ज्ञान बहादुर बिष्टले बताउनु भयो ।
घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जेसिबी चालक फरार रहेको र खोजि कार्य जारी रहेको छ । मृतकको सनाखत हुन् बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button