तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्ष सम्म अझै बनेन् भूकम्प स्मृति पार्क !

मेलम्ची-डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सिलानस गरिएको भूकम्प स्मृति पार्क तीन वर्ष पूरा हुँदा समेत निर्माण कार्य तारबारबाहेक थप हुन सकेको छैन । भूकम्प अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पार्कको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत अझै हुन सकेको छैन ।

झण्डै एक अर्ब लागतमा निर्माण हुने पार्क सम्बद्ध निकायले वेवास्ता गर्दा निर्माण हुन नसकेको हो । तत्कालीन वन मन्त्री अग्नीप्रसाद सापकोटाले २०७३ जेठ २९ गते पार्कको शिलान्यास गरेका थिए । २०७२ सालको विनाशकारी भूकम्पबाट ज्यान गुुमाएकाहरुको स्मृतिमा चौतारा साँगाचोकगढी नगरपालिकास्थित दाह्रे गौडामा पार्कको शिलान्यास गरिएको थियो । सदरमुकाम चौतारास्थित भगवती सामुदायिक वनको ८३ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने गरि शिलान्यास गरिएको थियो

‘इआइको प्रतिवेदन अब छिट्टै आउँछ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद बस्यालले भन्नूभयो, ‘प्रतिवेदन प्राधिकरणमा बुझाएपछि काम तीव गतिमा अगाडि बढ्छ ।’ शिलान्यास अगावै इआइए र जग्गा प्राप्तिको काम सक्नुपर्नेमा त्यसो नहुँदा अहिले समय लागेको उनको भनाई छ । जिल्ला समन्वय समितिको अगुवाईमा निर्माण हुने पार्कको इआइएको जिम्मा चौतारा साँगाचोकगढी नगरपालिकालाई दिइएको थियो ।

पुनर्निर्माण प्राधिकरणको लगानीमा निर्माण हुने संघीय सरकारबाट दस करोड विनियोजन भएको छ । तारबारको काम सुरु गरिएको पार्क निर्माण स्थलमा पहिलो चरणका लागि पुनर्निर्माण प्राधिकरणले तीन करोड रुपैयाँ प्रदान गरिसकेको छ । सो बजेटबाट निर्माण भएको तारबार जीर्ण भइसकेको छ् । तारबार च्यातिएको अवस्थामा पुगेको छ । स्थानीयकाअनुसार तारको बार मात्रै नभई मुल ढोकासमेत पुनः निर्माण गर्नुपर्ने भएको छ ।

निर्माण गरिन लागिएको सो पार्कमा भूकम्पमा परि अति प्रभावित चौध जिल्लामा ज्यान गुमाएकाहरुको नाम अंकित हुनेछ । गुरुयोजना अनुसार वाटिकामा भूकम्प स्मारक स्तम्भ, भूकम्प स्मृति संग्रहालय, दृश्यावलोकन स्थल, मनोरञ्जन क्षेत्र, सूचना केन्द्र, बाल उद्यान, रेस्टुरेन्ट तथा पार्किङस्थल बन्नेछ ।

भूकम्पमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको जिल्लाका हिसाबले सिन्धुपाल्चोक जिल्लामा स्मृति पार्क निर्माण गर्न लागिएको हो । जिल्लामा भूकम्पबाट तीन हजार पाँच सय ७२ ले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button