तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र युएईबीच शुक्रबार श्रम सम्झौता हुँदै

काठमाण्डौ । नेपाल र संयुक्त अरब इमिरेट्स– यूएईबीच आज स्वीट्जरल्याण्डको जेनेभामा श्रम समझदारी हुँदैछ ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी सम्मेलनको क्रममा आज अपरान्ह दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले हस्ताक्षर गर्नुहुने श्रममन्त्री विष्टको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button