तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित

अर्जुन श्रेष्ठ । प्रतिनिधि सभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

विस २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित, पूर्व शिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज विहान चितवनको माडीमा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी असार १ गते विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button