तपाईँ सुन्दै हुनुहुन्छः

चर्को गर्मीका कारणले जनजीवन प्रभावित

जनकपुरधाम-प्रदेश नंं २ को राजधानी जनकपुरधाम सहित प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा चर्को घाम सहित गर्मी बढेका कारणले जनजीवन नराम्रोसंग प्रभासव तबनेको छ ।
हिलो देखि शुरु भएको चर्को गर्मीका कारणले दिउँसो तीर हाट बजारमा चहल पहलमा कमी आउनुका साथै सार्वजनिक यातायातको क्षेत्रमा यात्रीहरुको खंख्यामा व्यापक मात्रामा कमी आएको छ ।

जनकपुरधामको तापक्रम ४४ डिग्रीसम्म पुगेको जनकपुर नागरिक उड्यन कार्यालयको मौशम विज्ञान शाखाले जनाएको छ । घरको तापक्रम ४१ डिग्रीसम्म पुगेको छ । अत्यधिक गर्मीवाट जोगाउनका लागि मारवाडी सेवा समिति जनकपुरले जानकी मंन्दिर सहितको सार्वजनिक स्थानमा चिशो पानीको व्यवस्था मिलाएको छ । यसै गरि जनाकपुरधाममा रहेका सामुदायिक विद्यालयहरुमा आज चाडै विदा दिने कामकाज भएको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका शिक्षिका अनिता कुमारी झाले बताउनु भयो ।

यसै गरि चर्को घाम तथा गर्मीका कारणले दैनिक ज्यलादारी गर्ने तथा खुल्ला आकाशमा कामकाज गर्ने मजदूरहरुको विजोग भएको छ । उता अत्यधिक गर्मीका कारणले जनकपुर अञ्चल अस्पताल सहितको स्वास्थ्य निकायमा उपचार गर्न आउनेहरुको खंख्या अत्यधिक मात्रामा बढेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button