तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण भलिबलमा नेपाल निलो विजयी

परेश सापकोटा । ओलम्पिक डे को अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल निलो विजयी भएको छ ।

सेनाको लगनखेल स्थित कबर्डहलमा शनिबार भएको खेलमा नेपाल निलोले नेपाल रातोलाई २–१ को सेटमा पराजित गरेको थियो ।

नेपाल निलोको कप्तानी नेपाली राष्ट्रिय भलिबल टोलीका उप कप्तान कुल बहादुर थापाले गरेका थिए भने नेपाल रातोको कप्तानी नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर रानाले गरेका थिए ।

नेपाल भलिबल संघले आउने साउन महिनाको ३२ गते देखि काठमाडौँमा संचालन गर्न लागेको ए भि सी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि राष्ट्रिय टोलीलाई रातो र निलोमा बराबरी भाग लगाएर मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो ।

सेन्ट्रल जोनका लागि नेपाली राष्ट्रिय भलिबल टोलीले प्रशिक्षण शुरु गरिसकेको छ । नेपाली टोलीलाई डच प्रशिक्षक हाङ एविनले प्रशिक्षण गरिरहेका छन् ।

ओलम्पिक शुरु भएको जुन २३ तारिखलाई आधार मानेर शनिबार देखि १ हप्ता सम्म नेपालमा विभिन्न खेलकुद गतिविधि संचालन गर्दै ओलम्पिक डे मनाईने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button