तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्ला लिग फुटबल सुरु

काठमाडौं । रुपन्देहीमा शनिबार देखि रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताका खेलहरु कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने हाम्रा बुटवल समाचारदाता डायलशन अधिकारीले जनाएका छन् ।

प्रतियोगितामा रुपन्देही जिल्लाका २० वटा फुटवल क्लवको सहभागिता रहेको छ ।

प्रतियोगिता उपाधि विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी सेमिफाईनलमा पुग्ने बाँकी दुई टिमलाई समेत समान १० हजार रुपैँया प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button