तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

महोत्तरी-महोत्तरीमा केही दिनयता बढेको अत्यधिक गर्मीको कारण बिद्यालय बन्द गरिएको छ । गर्मीको कारण जिल्लाको सोनमा गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतका विद्यालयहरु एक साताको लागि बन्द गरिएको हो ।

गर्मीको कारण पठन पाठनका लागि आएका बालबालिकाहरु बेहोस हुने, मुर्छा पर्ने लगायतका समस्याहरु देखिन थालेपछि महोत्तरीका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय बन्द गर्ने छलफललाई गति दिएका छन् । अत्याधिक गर्मीको कारण जनजीवन समेत प्रभावित बनेको छ ।

गर्मीका कारण हाटबजार तथा कार्यालयमा सेवाग्राही उपस्थिति कम भएको छ भने व्यापारिक क्रियाकलाप समेत घटेको छ । महोत्तरीको तापक्रम यस सिजनकै सबैभन्दा बढी ४३ डिग्री सेल्सियस मापन गरिएको छ ।

जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराईका जिल्लामा अझै केही साता तापक्रम बढ्ने क्रममा रहेको र अत्यधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किन समेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button