तपाईँ सुन्दै हुनुहुन्छः

गुठी विधेयकमा सरोकारवालासँग छलफल हुन्छः प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएको छ ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड, संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण गरी आज विहान स्वदेश आईपुग्नुभएको हो ।
स्वदेश आईपुग्नुभएपछि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्रीको भ्रमणकाबारेमा जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण द्विपक्षीय सम्बन्ध र हितलाई थप बलियो बनाउन सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एक प्रश्नको जवाफमा गुठी सम्बन्धी राष्ट्रियसभामा दर्ता गरिएको विधेयकमा कुनै कमी कमजोरी रहेको भए सरोकारवालासँग छलफल गरी विधेयक परिमार्जन गरिने प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले युरोपको आकाशमा नेपाली वायूसेवाहरुमाथि लागेको प्रतिबन्ध हटाउन आफुले पहल गरेको र केही समयपछि परिणाम आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button