तपाईँ सुन्दै हुनुहुन्छः

चार सयले लिए विशेषज्ञ सेवा

रुकुम । रुकुम पूर्व भूमे गाउँपालिकामा दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समापन भएको छ ।
जेठ ३१ र ३२ गते दुई दिने निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भूमे गाउँपालिकाको आयोजनामा मनकामना डाक्टर क्लिनिक शिवानी फार्मेसी रुकुम पश्चिमको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य जीवन हाम्रो चाहना भन्ने नारालाई सार्थक पार्न गाउँपालिकाले वार्षिक कार्यक्रम अनुसार विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
दुई दिने विशेषज्ञ निशुल्क स्वास्थ्य शिविरबाट महिला २ सय ४३ जना र पुरुष १ सय ९७ जना गरी जम्मा ४ सय ४० जनाले सेवा लिएको भूमे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक लालबहादुर ओलीले जानकारी दिए । उनका अनुसार भिआइए ३८ जना, भिडियो एक्सरे ९६ जना, परिवार नियोजन इन्पलान्ट महिलाले ७ जना, त्यसैगरी ल्याब ८२ जना, आँखा उपचार १ सय ३० जना र पाठेघर खसेका ४ जनाले सेवा लिएका छन् । स्त्री विशेषज्ञ डा. मानबहादुर केसी, जनरल विशेषज्ञ डा. टोपेन्द्र कोइराला, आँखा विशेषज्ञ डा. विष्णु खनाल लगायत १६ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य शिविरबाट सेवा दिइएका थिए । गत महिनामै भूमे ८ कोर्जामा दुई दिने विशेषज्ञ निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर मार्फत उपचार पाउँदा स्थानीय भएका हर्षित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button