तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ मा ४७ अर्बको बजेट प्रस्तुत

अजय कुमार झा
जनकपुरधाम । प्रदेश नंं २ को सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेको छ ।

प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आज साझ ५ बजे प्रदेश नंं २ को प्रदेश सभाको वैठकमा सो बजेट पेश गर्नु भएको छ ।

प्रस्तुत गरिएको बजेटमा चालु तर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत तथा पूँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार अर्थात् ५०.१९ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष भन्दा झण्डै ९ अर्बले बढी रहेको छ । प्रदेश सरकारले पेश गरेको बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन तथा उद्योगको विकासमा विशेष जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button