तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा २८ अर्ब १६ करोडको बजेट

जगत साउद
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आजको प्रदेश सभा बैठकमा आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी कुल २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट प्रस्तुत गर्नु भएको हो ।

उहाले प्रस्तुत बजेट मध्ये चालुतर्फ १२ अर्व ५७ करोड २६ लाख ६४ हजार र पुजीगततर्फ १३ अर्व ६ करोड ७१ लाख ९९ हजार बजेट बिनियोजन गरिएको बताउनुभयो ।

प्रस्तुत बजेटमा कृषि, पूर्वाधार, सिचाई, तटबन्ध, खानेपानी, सामाजिक क्षेत्र लगायतलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button