तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरका नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरुले जग्गा नापजाँच गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस माग गरेको आरोप लागेको छ ।

आयोग प्रवक्ता प्रदीप कुमार कोइरालाले उनीहरुलाई बिगो बमोजिम जरिवाना र कैद सजायको मागगर्दै मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button