तपाईँ सुन्दै हुनुहुन्छः

झुक्याएर यौन धन्दामा लगाईका युवतीहरुको उद्धार

झापा । काठमाडौँका १२ जना युवतीलाई झापाको विर्तामोडमा झुक्याएर यौन धन्दामा लगाईएको पाईएको छ । गलैंचा कारखानामा काम गर्ने उनीहरुलाई सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर झापाको विर्तामोड ल्याएका हुन् ।

प्रहरीले विर्तामोडको होटलहरुमा केही दिन अगाडि छापा मार्दा युवतीहरुलाई भेटेर उद्धार गरेपछि यो रहस्य वाहिर आएको हो । होटलको साहुले वन्धक वनाएर यौन शोषणमा आफूहरुलाई लगाएको युवतीहरुले वताएका छन् । ६ देखि २० वर्षका ती युवतीहरुमध्ये कतिको मानसिक अवस्था नै कमजोर बनेको विर्तामोडका प्रहरी प्रमुख मदनकुमार थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, बिर्तामोडका साना–ठूला गरी एकसय बढी होटलमा खुलेयाम यौन धन्दा हुने गरेको भेटिएको छ । युवतीहरुको जाहेरीअनुसार झापा होटलका मालिक रामकृष्णल कडरियासहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कडरिया दुई दशकदेखि होटल सञ्चालन गरेर यौन धन्दा चलाइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई मानव बेचबिखन र यौन शोषण अन्तर्गतक मुद्दा चलाएको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button