तपाईँ सुन्दै हुनुहुन्छः

गुरिल्ला अल्ट्रा दौडमा बुढा प्रथम

काठमाडौं । रुकुम पूर्वमा आयोजना गरिएको दोस्रो गुरिल्ला अल्ट्रा दौडमा रुकुम पश्चिमका धावक दुर्गाराज बुढा प्रथम भएका छन ।

भूमे गाउँपालिकाले आयोजना गरेको गुरिल्ला अल्ट्रा दौडामा ५२ किलोमिटर लामो दुरी ६ घण्टा १५ मिनेट १५ सेकेण्डमा पार गरेर दुुर्गाराज बुढा प्रथम भएका हाम्रा रुकुम समाचारदाता मेगराज खड्काले जनाएका छन् ।

दौडमा सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र रुकुम पूर्वका मोहन केसी तेस्रो भएका थिए ।

जितसँगै दुुर्गाराज बुढाले ५० हजार रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button