तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा यूवाहरु रोजगारमा खटिए

पर्वत-पर्वतका स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेका छन् । जिल्लाको कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाले रोजगार कार्यक्रम शुरु गरेका हुन् । बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार स्थानीय तहले रोजगार कार्यक्रम शुरु गरेका हुन् ।

कुश्मा नगरपालिकाले १ सय ५०, र महाशिला गाउँपालिकाले १ सय ४ जना युवालाई रोजगार प्रदान गरेको छ । महाशिला गाउँपालिकाका ६ वटै वडामा प्रत्येकमा बढिमा २२ जनाको दरले रोजगारी प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार एउटा वडाबाट ७ देखि १४ जना सम्म यूवालाई रोजगारीमा सहभागी गराईएको छ । कुश्मा नगरपालिकामा रोजगार कार्यक्रमका लागि २५ लाख र महाशिलामा १७ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

रोजगारीका लागि आवेदन दिएका यूवाहरुलाई सडक निर्माण, पदमार्ग मर्मत, नाली निर्माण लगायतका काममा खटाईएको छ । गाउँमै रोजगारी पाएकोमा बेरोजगार यूवाहरुले राहातको महसुस गरेका छन् । कुश्मा नगरपालिकामा २ हजार २१ र महाशिलामा महाशिलामा ९ सय ५ जना बेरोजगार युवायुवतीले रोजगारीका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button