तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

रोमा रायमाझी÷सरिता खनाल
काठमाण्डौ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि स्थगित भएको छ । बैठकमा समसामयिक विषयमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र त्यसपछि निर्धारित कार्यसूचीमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।
बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हुनेभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री भन्दा अघि बोल्न दिनुपर्ने माग राख्दै अडान लिएका थिए ।
सभामुख कृष्णबहादुर महाराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु रोष्ट्रम घेराउ गरी नाराबाजीमा उत्रेपछि बैठक स्थगित भएको हो ।
सभामुख महराले प्रधानमन्त्रीले पहिला बोलिसकेपछि प्रतिपक्ष दललाई बोल्ने समय दिने भनि पटकपटक आग्रह गर्दापनि काँग्रेस सांसदहरुले निरन्तर नाराबाजी जारी राख्नुभएको थियो ।
काँग्रेस सांसदहरुले संसदीय मर्यादा कायम गर्नुपर्ने र प्रतिपक्षले पहिला बोल्न पाउनुपर्ने भन्दै विरोध जनाउनुभएको थियो ।
मंगलबारको बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने र प्रतिनिधिसभाको विनियोजित विधेयक २०७६ माथि जारी छलफलमा तीन वटा मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि खर्च कटौतिका ४ वटा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक भोलि ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button